खेल

ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित

ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित


एजेन्सी । टोकियो ओलम्पिकको ओलम्पिक भिलेजु भित्रै कोरोना संक्रमित भेटिएका छन् ।

टोकियो ओलम्पिकको आयोजक कमिटिले शनिबार ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । टोकियो ओलम्पिकको सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण भएको बताए ।

टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

कोरोना संक्रमित व्यक्त खेलाडी नभएको बताईएको छ । उनी खेल आयोजनामा संलग्न रहेको बताईएको छ । आयोजकले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ । कोरोना संक्रमण देखिएपछि उनलाई भिलेजबाट निकालेर छुट्टै स्थानमा आइसोलेसनमा राखिएको बताईएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

शेयर गर्नुहोस :

0
Shares