Banner news

बिर्तामोडमा होटल खुल्ला गर्नेलाई २० हजार जरिवाना

बिर्तामोडमा होटल खुल्ला गर्नेलाई २० हजार जरिवाना


बिर्तामोड । निषधाज्ञामा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना तिराइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा उल्लंघन गरेकोमा सो जरिवाना तिराएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड ५ स्थित फुट स्टेप नामक होटल सञ्चालकलाई जरिवाना तिराइएको हो । सोमबार राती होटल सञ्चालन गरिरहेको अवस्थामा होटल सञ्चालनक ३२ वर्षीय तिलहाङ लिम्बूलाई बिर्तामोड प्रहरीले पक्राउ गरि जिल्ला प्रशासन कार्यालय झापालाई बुझाएको थियो ।

शेयर गर्नुहोस :

0
Shares