Banner news

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौँ । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन सुरु भएको छ ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुग्ने क्रम जारी छ । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares