मुख्य समाचार

एनपीएल खेलमा वर्षाको जोखिम

एनपीएल खेलमा वर्षाको जोखिम

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुने तालिका छ । तर, काठमाडौंमा भइरहेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेल प्रभावित हुने सम्भावना छ ।

तालिका अनुसार आजको पहिलो खेलमा दिउँसो १२: ३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहेको थियो । शनिबार पनि वर्षा भइरहेको छ । दिउँसोपछि भने मौसममा सुधार आउन सक्ने पूर्वानुमान छ ।

वर्षा नरोकिएमा खेल सुरु हुन ढिलाइ हुने वा ओभर घटाएर खेलाउनुपर्ने अवस्था आउन सक्छ । वर्षाका कारण खेल नै सञ्चालन हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ । एनपीएलमा खेलको नतिजा निकाल्न कम्तीमा दुवै टोलीले पाँच–पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ ।

शेयर गर्नुहोस :

0
Shares