Banner news

दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने

दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने


काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनितिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले जनविरोधी लोकतन्त्रविरोधी र दलिय व्यवस्था विरुद्धको राजनितिक दल सम्बन्धी अध्यादेशको विरुद्धमा आज प्रदर्शन गर्ने भएको हो ।

आज ५ बजे भृकुटीमण्डपबाट अनेरास्ववियुले विरोध जुलुस निकाल्ने संगठनका अध्यक्ष एन महरले जानकारी दिनुभयो । उहाँले विरोध जुलुसमा सहभागी हुन अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई अपिल पनि गर्नुभएको छ ।

साथै, अनेरास्ववियुले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरूलाई निर्देशन दिएको छ ।

शेयर गर्नुहोस :

0
Shares