Banner news

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार : तिवारी र साम्सोहाङले लिए सपथ

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार : तिवारी र साम्सोहाङले लिए सपथ


विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री भीम आचार्यले तेह्रथुमका लक्ष्मण तिवारीलाई उद्योग, वन तथा पर्यटन तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ । दुवै मन्त्रीले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । लक्ष्मण र बलबहादुर दुवै माधव नेपाल पक्षमा हुनुहुन्थ्यो ।

पछिल्लो समय भने दुवै नेकपा​ (एकीकृत समाजवादी) मा नगई एमालेमै बस्ने निर्णय गर्नुभएको छ । संखुवासभाका तुलसी न्यौपानेले पनि मन्त्री बनाउन मुख्यमन्त्रीलाई दबाब दिए पनि सम्भव भएन ।

शेयर गर्नुहोस :

0
Shares