बिर्तामोड

युनिकमद्वारा खाद्यान्न वितरण

युनिकमद्वारा खाद्यान्न वितरण


बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच विरता जेसीजको साझेदारीमा बिर्तामोड वडा नम्बर १० का ३५ अपांगता भएका मानिसका परिवालाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरिएको हो ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त पश्चात उनीहरुलाई राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व तथा मजदुरको हक हितमा काम गर्ने आफुहरुको संस्था भएकै कारण उनीहरुलाई सहयोग गरिएको जानकारी दिए ।

पौडेललको अध्यक्षता एवम् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औचित्यमाथि नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक कुमार भट्टराइले प्रकाश पारेका थिए । अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापाले दातालाई धन्यवाद ज्ञापन गरेको थिए ।

शेयर गर्नुहोस :

0
Shares