मुख्य समाचार

कांग्रेसले दशैंअघि २१ जिल्लामा अधिवेशन गर्ने

कांग्रेसले दशैंअघि २१ जिल्लामा अधिवेशन गर्ने


काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले २१ हिमाली जिल्लामा असोज १८ भित्रै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । 

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम ९पूर्व० र म्याग्दीमा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ ।

हिमालीबाहेकका जिल्लामा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको एक नेताले जानकारी दिए । 

शेयर गर्नुहोस :

0
Shares