बैशाख ३०, २०८२ मंगलबार

झापामा अहिंसा दिवस मनाइयो

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रारम्भिक समितिले विश्व अहिंसा दिवस मनाएको छ । जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भिक समितिको आयोजनामा विश्व अहिंसा दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दिप प्रज्वलन गरिएको हो ।

विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । सो अवसरमा परिषद झापाका अध्यक्ष टहलदास ओलीले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्ने तर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए ।

साथै उनले निर्दोष प्राणीहरुको हत्या बन्द गरी समाजमा प्रेमको भावनालाई उजागर गर्न स्क्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदका केन्द्रिय सदस्य दिपक दिनेश दाहाल चारपाने प्रा.सका अध्यक्ष बासु पाण्डेले हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको बताए ।

मठमन्दिर रक्तरञ्जित होइन शान्ति आस्था र सद्भावको थलो बनाउं भन्ने मुल सन्देश सहित जिल्ला तथा देशैभर कार्यक्रम गरिएको परिषदका उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]