बैशाख ३०, २०८२ मंगलबार

बजारीकरणमा सहाराको सहयोगले किसानलाई राहत

झापा । सहारा नेपाल साकोसले किसानलाई व्यापारी र विचौलियाबाट बचाएको छ । हरेक वर्षको दशैंमा व्यापारीले अन्दाजको भरमा खसीको मुल्य तोक्दै खरिद गर्ने गरेका थिए । किसान पनि बजारसम्म लैजाने अनेक दुःखका कारण व्यापारीलाई उनीहरुकै मुल्यमा खसी दिन बाध्य थिए ।

सहारा नेपाल साकोसले आफ्ना किसानले पालन गरेको खसी तौलिएर मुल्य उपलब्ध गराउन थालेको छ । प्रति केजी ५६० का दरले सहाराले झापा, इलाम, मोरङ र उदयपुरका सदस्यहरुले पालेको खसी खरिद गरि बजारीकरणमा सहयोग गरेको छ । किसानको घर मै पुगेर उचित मुल्य दिएर खसी खरिद गरेर ल्याएका छौं, सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले भने – ‘बजारीकरणमा समस्या हुँदा किसान मारमा पर्नु भएको छ । त्यसैले हामीले सहयोग गरेका हौं ।’ सहाराले पशुपालनमा सहयोग गर्दै बजारीकरणमा समेत सहयोग गर्न थालेको छ ।

दशैंमा मासुको खपत बढ्ने भएकाले खसीको माग समेत बढ्ने गरेको छ । गिरीका अनुसार किन्ने र बेच्ने दुवैलाई झण्झटबाट मुक्त गरेका छौं । व्यवसायीहरुले पनि यो दशैंमा खसी खरिद गर्न समस्या नभएको प्रतिक्रिया दिएका छन् । खसी खोज्न टाढा–टाढा जानुपर्ने झण्झटबाट मुक्त भएका छौं, व्यापारीहरुले भने । घरघरबाटै सहाराले खसी तौलिएर मुल्य निर्धारण गरेकामा किसानलाई समेत राहत मिलेको बताएका छन् ।

प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]