जेष्ठ ११, २०८२ शनिबार

बिर्तामोडमा ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो ।

विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो । विसं २०७६ जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माण अघि बढाइएको थियो ।

हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको थियो । आधुनिक र सुविधा सम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयवासी, व्यापारी, व्यवसायीको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र नि चापागाईले बताउनुभयो । निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]