Banner news

कोभिडले असोज लागेपछि मात्रै झापामा ३२ जनाको मृत्यु

कोभिडले असोज लागेपछि मात्रै झापामा ३२ जनाको मृत्यु


बिर्तामोड । झापाका आम नागरिकको जीवन सामान्य तर्फ फर्काउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुला गरेको छ । चाडवाडमा व्यापार व्यवसाय र किनमेललाई ध्यानमा राख्दै निषेधनज्ञा खुकुलो बनाइए पनि झापाको अवस्था सोचेजस्तो सहज नभएको तथ्याङ सार्वजनिक भइरहेको छ ।

स्वास्थ्य कार्यालय झापाले हरेक दिन सार्वजनिक गरिरहेको तथ्याङमा कोरोना संक्रमण दर र मृत्यु हुनेको संख्या अझै शुन्यमा आउन सकिरहेको छैन । संक्रमण दर र मृत्यु दरको संख्या हेर्दा झापामा जोखिम कायमै रहेको पाइएको छ । बिहीवार मात्रै झापामा बिर्तामोडका १५ जनासहित ३२ जनामा कोरोना पुष्टि भयो । तीन जना संक्रमितले ज्यान गुमाएका छन् ।

झापामा हालसम्म २५ हजार १४ जनामा कोरोना पुष्टि भइसकेको छ भने उपचार पछि डिस्जार्च हुनेको संख्या २३ हजार ८ सय २४ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार ६२४ जनाले कोरोनाका कारण ज्यान गुमाएको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । असोज १ गतेदेखि २१ गतेसम्म मात्रै महिना झापामा ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ छ ।

शेयर गर्नुहोस :

0
Shares