Banner news

बिर्तामोडको मासु व्यापारी हत्या प्रकरणको गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिन्छु : गृहमन्त्री

बिर्तामोडको मासु व्यापारी हत्या प्रकरणको गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिन्छु : गृहमन्त्री


बिर्तामोड । गृहमन्त्री बालकृष्ण खाँणले बिर्तामोडमा भएको व्यापारी हत्याको घटनामा ध्यानाकर्षण भएको बताएका छन् । उनले तत्कालै दोषी पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएका छन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष एवम् प्रवक्ता राजन थापा ‘सुवास’ ले टेलिफोन मार्फत गृहमन्त्री खाँणलाई बिर्तामोड–५ स्थित महानन्द चोकमा मासु व्यापारीको हत्या घटना बारे जानकारी गराएका थिए । थापाले मासु व्यापारीलाई आफ्नै पसलमा हत्या गरेको अवस्थामा फेला परेको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न आग्रह गरेका छन् । प्रवक्ता थापासँगको कुराकानीमा गृहमन्त्री खाँणले तत्कालै मातहतको निकायलाई निर्देशन दिने बताए । खाँणले भने, हत्या प्रकरणको गम्भीरता पूर्वक अनुसनधानका गर्न निर्देशन दिन्छु ।

गत असोज २४ गते राती ५० वर्षीय इन्द्र बहादुर मगरको आफ्नै पसलभित्र हत्या भएको थियो । उनको पाखुरा र घाटीमा धारिलो हतियार प्रहार भएको प्रहरीको भनाई छ । महानन्द चोकमा भएको हत्याको घटनाले व्यापारी त्रसित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares