खेल

बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता

बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता

df]/ª,% sflQs-/f;;_M df]/ªsf] a]njf/Ll:yt nIdLdfu{ oxL sflQs !! ut]b]lv ;~rfng x’g] …rf}yf] cGt/f{li6«o cfdGq0f a]nfjf/L uf]N8 sk–@)&*Ú km’6jn k|ltof]lutf ;DjGwdf 8fFluxf6 o’y Snaåf/f z’s|af/ oxfF cfof]lht kqsf/ ;Dd]ngdf hfgsf/L lbb} . k|ltof]lutdf g]kfn tyf ef/tsf u/L cf7 a6f l6dsf] ;xeflutf x’g] ePsf] 5. tl:a/Mdgf]h bfxfn–/f;;

बेलवारी – फुटबल खेलको माध्यमबाट युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तरराष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ ।

गिहाट युथ क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ११ गतेदेखि सञ्चालन हुने फूटवल प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ टिमको सहभागिता हुने जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल, हिमालय शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ, आयोजक डाँगीहाट युथ क्लब, मोरङ, रोलिङ क्लब, गाईघाट फुटबल क्लब, राजारानी क्लब, धनकुटा र रोयल फुटबल क्लब, सिलिगुडी (भारत) रहेका छन् ।

प्रतियोगितामा बिजेता टीमलाई रु पाँच लाख, उपबिजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिनुभयो । क्लबका सचिव शम्भु बस्नेतले बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने विचार राख्नुभयो । बेलबारीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने क्लबका सदस्य एवम् सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares