खेल

एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै


काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ । नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ । 

शेयर गर्नुहोस :

0
Shares