Banner news

एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

g]skf -Pdfn]_ cWoIf cf]nL dxflwj]zgnfO{ ;Daf]wg lrtjg, !) dª\l;/ M g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf] z’qmaf/b]lv b]j3f6df ;’? ePsf] b;f}F /fli6«o dxflwj]zgnfO{ ;Daf]wg ub}{ . t:jL/ M k|bLk/fh jGt÷/f;;

झापा – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।

शेयर गर्नुहोस :

0
Shares