Banner news

गठबन्धनले देश चल्दैन,ताजा जनादेशमा जाउ : ओली

गठबन्धनले देश चल्दैन,ताजा जनादेशमा जाउ : ओली


काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्नेमा पुनः जोड दिनुभएको छ ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार दिउँसो पदबहाली गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले देश नचल्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो ।

‘गठबन्धनले देश चलेको छैन । यो अनियमितता, बेथिति देशले लामो समय थेग्न सक्दैन, छिटोभन्दा छिटो ताजा जनादेशमा जाउँ,’ उहाँको भनाइ थियो, ‘देशको समय बर्बाद गर्नु उचित हुँदैन ।’

अध्यक्ष ओलीले सरकारले हरेक क्षेत्रलाई निकम्मा बनाएको र लोकतन्त्रका आधारलाई भत्काउने काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारले मंसिर २४ देखि बोलाएको संसद बैठक फेरि पनि चल्न नदिने बताउनुभयो ।

माधवकुमार नेपाललगायत कारबाही गरिएका सांसदलाई संसदमा प्रवेश दिएकोमा पुनः असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले संसद चल्न नदिने बताउनुभएको हो ।

शेयर गर्नुहोस :

0
Shares