Banner news

एमसिसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो, बोल्ने स्वतन्त्रता छ : प्रचण्ड

एमसिसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो, बोल्ने स्वतन्त्रता छ : प्रचण्ड

काठमाडौँ, ११ पुस नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा आइतबार मन्तव्य व्यक्त गर्दै cWoIf k’iksdn bfxfn। तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौं, ११ पुस- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् । 

आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए । 

देउवापछि बोलेका प्रचण्डले भने एमसिसीबारे देउवाको व्यक्तिगत विचार भएको गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे ।  देउवाले आज अत्यन्तै राम्रो बेलेको भन्दै तारिफ गरेका प्रचण्डले एमसिसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन् । 

‘एमसिसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो । बोल्ने स्वतन्त्रता छ । तर उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुस् म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो । हामी साझा धारणा बनाएर अघि बढ्छौं’ प्रचण्डले भने ।

शेयर गर्नुहोस :

0
Shares