Banner news

झापामा अध्यक्ष ओलीको तेस्रो दिनः दिनभर गौरादह क्षेत्रको कार्यक्रममा सहभागी हुने

झापामा अध्यक्ष ओलीको तेस्रो दिनः दिनभर गौरादह क्षेत्रको कार्यक्रममा सहभागी हुने


झापा– तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पनि व्यस्तता उस्तै छ । आज बिहान ९ बजे दमकमा विभिन्न पार्टी त्यागेकाहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares