Banner news

देशव्यापी सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

देशव्यापी सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन अविलम्ब गराउन दबाब सृजना गर्न देशव्यापी जनपरिचालन गर्न निर्देशन दिनुभएको छ ।

पार्टीको मोर्चा संगठनका प्रमुख,विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षहरुलाई हिजो निवासमा बोलाएर अध्यक्ष ओलीले त्यस्तो निर्देशन दिनुभएको हो । पार्टीको जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालका अनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयमा गर्न आजैबाट आन्दोलनका कार्यक्रमहरु सुरु हुनेछन् । ‘स्थानीय तहको निर्वाचन समयमा नै गर्ने गरी सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालनको निर्देशन अध्यक्षज्यूबाट प्राप्त भइसकेको छ’ ढकालले यो बेलासँग भन्नुभयो ‘त्यसको तयारीका लागि आज जनसंगठन सञ्चालन संयनत्रको बैठक बस्र्छौं र भावी रणनीति तयार गर्छौं ।’

ढकालका अनुसार आन्दोलनको स्वरुप र समन्वय के कसरी गर्ने,कुन जनसंगठनले के कस्तो प्रकारको आन्दोलनको कमाण्ड गर्ने भन्ने आजको बैठकले निर्णय गर्नेछ ।

आन्दोलनको पहिलो दिन आज प्रेस चौतारी नेपालले स्थानीय तहको निर्वाचन निर्धारित मितीमा गर्नैपर्ने संवैधानिक व्यवस्थाका बारेमा आज अन्तरक्रिया गर्दैछ । जसमा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र सुनिल पोखरेलले आफ्ना बिचारहरु राख्नुहुनेछ । कार्यक्रम २ बजे होटल हार्दिकमा हुदैछ ।

शेयर गर्नुहोस :

0
Shares