बिर्तामोड

चितवन कांग्रेसले अब माओवादी बोक्दैन : सभापति

चितवन कांग्रेसले अब माओवादी बोक्दैन : सभापति


भरतपुर– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा माओवादीलाई सहयोग नगर्ने बताउनुभएको छ ।

भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै उहाँले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो । ‘भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिँदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं,’ उहाँले भन्नुभयो ।

खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको दाबी गर्नुभयो ।

अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु मेयर हुनुभएको थियो । ‘विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन,’ उहाँको भनाइ छ, ‘कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसँगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’

शेयर गर्नुहोस :

0
Shares