Banner news

केन्द्रबाट गठबन्धन लाद्न मिल्दैन : महामन्त्री थापा

केन्द्रबाट गठबन्धन लाद्न मिल्दैन : महामन्त्री थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने मत राखेको बताउनुभएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडको तयारी भइरहेका बेला काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा सोमबार महामन्त्री थापाले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले चुनावमा तालमेल नगर्न दबाब दिएको बताउनुभयो ।

स्थानीय तहले नै तालमेल नगरौं भनेपछि केन्द्रबाट लादेर हुने गठबन्धनले नतिजामा फरक पर्न सक्नेतर्फ नेताहरुले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares