Banner news

चुनावविरोधी गतिविधि रोक्न सुरक्षा सतर्कता बढाइयो

चुनावविरोधी गतिविधि रोक्न सुरक्षा सतर्कता बढाइयो


बिर्तामोड । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि गर्नुका साथै भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाइएको हो ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचन सुरक्षामा कुनै त्रुटी नहुने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares