Banner news

झापाका व्यवसायीले व्याजदर फिर्ताको माग गर्दै बुझाए ज्ञापन पत्र

झापाका व्यवसायीले व्याजदर फिर्ताको माग गर्दै बुझाए ज्ञापन पत्र


बिर्तामोड । झापाका उधोगी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् । झापाको माई पूर्व र माई पश्चिमका व्यापारीहरुले आज ज्ञापन पत्र बुझाएका हुन् । माई पश्चिमका व्यापारीले इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाइएको छ ।

माई पूर्वका उधोग वाणिज्य संघहरुले नेतृत्व गरेको टोलीले व्यवसायीहरु सहितको ¥याली जिल्ला प्रशासन पुगेको थियो । झापा उधोग संघसहित वस्तुगत समितिहरु पुगेर सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएका थिए । नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य उमेश डालमिया लगायतले न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्ला प्रशासनको परिसरमा आयोजित कोणसभा बोल्दै केन्द्रीय सदस्य उमेश डालमियाले बैंकहरु नाफा कमाउदै जाने, व्यवसायीहरु घाटा सहदै जाने परिस्थितिले वातावरण विग्रिदै गएको बताए । उनले नीजि क्षेत्र कमजोर भए राष्ट्र पनि कमजोर हुने बताएका छन् । ब्याज वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका डालमियाले व्यवसायीको आन्दोलनलाई कमजोर नसम्झिन चेतावनी दिएका छन् । उनले चरणवद्ध रुपमा शुरु भएको आन्दोलनमा निष्कर्षमा पुर्याएरै छोड्ने बताए ।

यस्तै, उधोग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालले बैंकहरुको ज्यादतीका कारण उधोग कलकारखाना नै बैंकलाई बुझाउनुपर्ने अवस्था बनेको जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादतीले नीजि क्षेत्र ठुलो मार्कामा परेको बताए । ढकालले भने, सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंकको त्रुटिपूर्ण नीतिले यस्तो समस्या आएको हो । तत्काल समाधान नखोजे देशभरका व्यवसायी कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले सम्बन्धित निकायमा ज्ञापनपत्र पठाएर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोणसभामा झापा उधोग संघका अध्यक्ष याम बहादुर श्रेष्ठ, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।
आज ज्ञापन पत्र बुझाएको र भोली बैंकमा कारोवार नगरी आआफ्नो बजार क्षेत्रमा मौन जुलुस गर्ने, २५ गते प्रदेशको कार्यक्रममा सहभागी हुने र २८ गते राष्ट्र बैंकमा धर्ना दिने कार्यक्रम रहेको बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares