Banner news

बिर्तामोडमा प्रतिबन्धित १ सय किलो माछा नष्ट

बिर्तामोडमा प्रतिबन्धित १ सय किलो माछा नष्ट


बिर्तामोड । बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा नष्ट गरिएको छ ।
वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिबार सांझ बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आइतवार बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मी प्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानीयको रोहबरमा माछा नष्ट गरिएको हो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरेका छन् ।उनले अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएका छन् । बिर्तामोड नगरपालिकाले मरेका माछा विक्रीवितरणमा प्रतिबन्ध लगाएको छ ।

शेयर गर्नुहोस :

0
Shares