बिर्तामोड । बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा कार नियन्त्रणमा लिएको छ ।
आज साँझ बिर्तामोडको बसपार्क प्रवेश गर्ने स्थान नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा फोहोर फाल्दै गरेको अवस्थामा कार नियन्त्रणमा लिइएको हो ।

घर तथा पसलबाट निस्किएको फोहोर बोरामा हालेर चालक सुजन कुमालले सडक छेउमा फाल्दै गर्दा बा ५ च ६६८६ नम्बरको मारुती सुजुकी कार नियन्त्रणमा लिइएको नगर प्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएको कार नगरपालिकाको कार्यालयमा राखिएको छ ।
बिर्तामोड नगरपालिकाले सडक किनारमा जथाभावी रुपमा फोहोर फाल्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम जरिवाना गर्दै आएको छ ।







प्रतिक्रिया