Banner news

प्रसाई मार्केटको आगलागी नियन्त्रणमा आयो

प्रसाई मार्केटको आगलागी नियन्त्रणमा आयो


बिर्तामोड । बिर्तामोड-५ स्थित प्रसाई सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा लिइएको छ । करिव एक घण्टामा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट राजकुमार बंशलको बंशल कपडा पसलमा पूर्ण क्षति भएको छ । बिच बजारको पसलमा आगलागी हुँदा ठुलो क्षति हुन सक्ने त्रासले नेपाली सेना समेत खटिएको छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, बिर्तामोड, मेचीनगर, कमल, कनकाई र भद्रपुरको दमक समेतको प्रयासबाट आगलागी नियन्त्रणमा आएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares