Banner news

झापा २ मा कांग्रेसजनले एमालेलाई मत दिनुको विकल्प छैन : देवराज घिमिरे

झापा २ मा कांग्रेसजनले एमालेलाई मत दिनुको विकल्प छैन : देवराज घिमिरे


अर्जुनधारा । झापा निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले एमालेलाई मत दिनुपर्ने बताएका छन् । मंगलवार अर्जुनधारा नगरपालिका– ५ नम्बर वडामा चुनाव प्रचारका क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।

उनले विपि कोइरालाको सपना साकार पर्न र समृद्ध मुलुक बनाउन कांग्रेस लगायत सबैले एमालेलाई मत हाल्नुपर्ने जिकिर गरे । उनले झापा २ मा आफ्नो पार्टीको उम्मेदवार नै उठाउन नसकेको भन्दै कांग्रेस नेतृत्वको आलोचना गरेका छन् । कांग्रेसले अवसरवादीहरुलाई मत हाल्न लगाउदा मतदाताको अपमान हुने भन्दै घिमिरेले एमाले बाहेकका दलका उम्मेदवारलाई मत हाल्नु मुलुकको हित बिपरित हुने तर्क गरे । घिमिरेले झापा २ मा लोकतन्त्र र प्रजातन्त्र चाहाने कांग्रेसजनले एमालेलाई सहयोग गर्नुको विकल्प नभएको धारणा राखे ।

मुलुकलाई समृद्ध बनाउन एमालेले सधै अग्रणी भुमिका खेलिरहेका भन्दै नेता घिमिरेले पुनः मुलुक सञ्चालनको नेतृत्व एमालेले नै गर्ने बताए । उनले आफू समृद्ध रास्ट्र निर्माणका लागि सधैं लागि पर्ने बताए ।
झापा २ मा एमाले परित्याग गरेका हरि कुमार रानालाई गठबन्धनले उम्मेदवार बनाएको छ । रानाले पटक–पटक अवसर पाउदा समेत जनमतलाई धोका दिएर धोका र अवसरको खेती गरिरहेको भन्दै घिमिरेले अब मतदाता सजक बन्नुपर्ने बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares