बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका –८ मा देखिएको हात्तीको समस्या समाधान गर्ने प्रतिवद्वता जनाएका छन् ।
आज आयोजित चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले यस्तो बचन दिएका हुन् ।
यसअघि एमालेको सरकारले छुट्याएको बजेट पनि आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्नेहरु बिरुद्व आफु चुनावी मैदानमा उत्रिएको उनको भनाई छ ।

अहिले वन जंगलको संरक्षण गर्नु र त्यहि जंगलमा आश्रय लिने हात्तीबाट स्थानीयलाई सुरक्षित गर्नु एमालेको दाहित्व रहेको बताउँदै घिमिरेले एमालेले जितेको खण्डमा यी समस्याको समाधान हुने प्रष्ट पारे ।
एमालेका सूर्य ध्वजावाहक उम्मेदवारले बिकास निर्माणसँगै स्थानीयवासीको शान्ति सुरक्षाको जिम्मा लिने पनि घिमिरेले बताए ।
जनताको मन मस्तिस्कमा रहेको पार्टी एमाले मात्रै रहेको भन्दै उम्मेदवार घिमिरेले एमालेले गरेका राम्रा काम देखेर रिसाएका पार्टीहरु मिलेर अहिले गठबन्धन बनेको बताएका छन् । गठबन्धनसँग कुनै भिजन नभएको र स्वतन्त्र उम्मेदवार भन्नेहरुले पनि भोलीका दिनमा सरकार बनाउन नसक्ने उनको तर्क थियो ।
अहिले को सही र को गलत भनेर जनताले छुट्याउन सक्ने भन्दै उनले सहि उम्मेदवार छानेर भोट हाल्न आग्रह गरे । ढाट्न सिपालु व्यक्ति अहिले उम्मेदवार हुँ भन्दै जनता झुक्याइरहेको बताउँदै घिमिरेले त्यस्ताको पछाडि नलाग्न समेत आग्रह गरेका छन् ।
अहिलेको गठबन्धन सरकारले बिकास निर्माणका काममा बजेट छुट्याउनु त परको कुरा राजनीतिक पूर्वाग्रह राखेर छुट्याएको बजेट समेत कटौती गरेको बताए । अधुरा रहेका थुप्रै कामहरु प्रदेश तथा स्थानीय सरकारबाट गर्न सकिने भएपनि गठबन्धनको सरकारले त्यसमा भाँजो हाल्ने काम गरेको उनले बताए । घिमिरेले अब मंसिर ४ पछि एमालेको सरकार आएपछि ती अधुरा रहेका कामले निरन्तरता पाउने र अर्जुनधारा नगरपालिकाको मुहार फेर्नमा आफुले निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवद्वता समेत जनाए ।
नेता घिमिरेले नेकपा एमालेले घोषणा पत्र मार्फत ल्याएका बिकास निर्माणका कामहरु पूर्ण रुपमा पालना हुने समेत बताए । एमालेले अब जनताको भोटबाट बहुमत पाउने र पाँच वर्षमा देशले नै मुहार फेर्ने समेत बताए ।







प्रतिक्रिया