कनकाई

कनकाईमा कर्मचारी फुटबल जारी, शिवसताक्षी र कनकाई विजयी

कनकाईमा कर्मचारी फुटबल जारी, शिवसताक्षी र कनकाई विजयी


शिवसताक्षी । झापामा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ। भद्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षी दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा शिवसताक्षीका तर्फबाट श्रवण मल्लिक, सचिव श्रेष्ठ र याम कुरुमाङ्गले १-१ गोल गरेका थिए । भद्रपुरको तर्फबाट चन्द्र प्रधानले एक गोल गर्न सफल भएका थिए । दोस्रो चरणको खेल शिवसताक्षी र विर्तामोड नगरपालिका बीच आइतबार हुनेछ ।

त्यस्तै आजै भएको खेलमा गौरादह नगरपालिकालाई हराउँदै कनकाई नगरपालिका विजयी भएकोृ छ । गौरादहलाई ८–१ गोल अन्तरले हराउँदै कनकाई विजयी भएको हो । त्यसैगरी आज भएको दोस्रो खेलमा ट्राइबेकरमा बुद्धशान्ती विजयी भएको छ। निर्धारित समय २-२ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

भोली शनिबार चार खेल हुने आयोजक कनकाई नगरपालिकाले जनाएको छ । जसमा कमल र अर्जुधारा, हल्दिबारी र दमक, मेचीनगर र गौरीगञ्ज, झापा र कचनकवल रहेका छन् । कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा कार्तिक १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु.१ लाख पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्नेृछन् ।

शेयर गर्नुहोस :

0
Shares