बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शवयात्रा भोली शनिवार विहान ११ गर्ने परिवारले जनाएको छ । निराकारका बुबा अग्नि पाण्डेले आज राती १०ः३० बजे छोराको शव नेपाल आइपुग्ने र भोली विहान ११ बजे शवयात्रा गर्ने जानकारी दिए ।
कम्बोडियाको एक होटलमा आगलागी हुँदा ज्यान बचाउन १२ तलाबाट हाम्फाल्ने क्रममा पाण्डेको मृत्यु भएको थियो । गत पुस १४ गते पाण्डेको ज्यान गएको थियो ।
पाण्डेका बुबा अगिलने छोराको शव ल्याउन मद्दत गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् । उनले नेपाल सरकार, प्रतिनिधिसभाका सभामुख देबराज घिमिरे, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, एमाले नेता अग्नि प्रसाद खरेल, माओवादी नेतृ धर्मशिला चापागाईं, थाईल्याण्डस्थित नेपाली दुतावास, खगेन्द्र उप्रेती ,ओमकृष्ण प्रसाईंसहित परिवारजन, नातागोता, स्टमित्र सबैप्रति आभारसहित धन्यबाद ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गर्दै आफ्नो छोराले अन्तिमसम्म साहस देखाउदै हरेक परिवारका लागि आचरण शिक्षा समेत दिएर विदा भएको उनले लेखेका छन् । पाण्डेका अनुसार बिर्तामोड –१ स्थित निजी निवासबाट शवयात्रा हुनेछ ।







प्रतिक्रिया