Banner news

सभामुख घिमिरेद्वारा राजनीतिक जम्मेवारीबाट अलग भएको घोषणा

सभामुख घिमिरेद्वारा राजनीतिक जम्मेवारीबाट अलग भएको घोषणा


बिर्तामोड । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राजनीतिक एवम् सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । एमालेको स्थायी कमिटी सदस्य, प्रदेश १ को इञ्चार्ज समेत रहेका घिमिरेले जिम्मेवारीबाट अलग भएको विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता समेत त्यागेका छन् । घिमिरेलाई प्रतिनिधिसभाले बिहीवार सभामुख पदमा निर्वाचित गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares