मुख्य समाचार

कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाउने तयारी

कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाउने तयारी


काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यादवलाई उपसभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउनु भएको थियो ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ । उपसभामुखको चुनाव भोलि हुँदैछ ।

शेयर गर्नुहोस :

0
Shares