मुख्य समाचार

छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं, असल छिमेकी हुन चाहन्छौं : अध्यक्ष ओली

छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं, असल छिमेकी हुन चाहन्छौं : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने बताउनुभएको छ ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने अध्यक्ष ओलीले बताउनुभयो ।

एमालको परराष्ट्र मामिला विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो, ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’

उहाँले भन्नुभयो, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं। भलो चिताएर उनीहरुलाई सहयोग पु¥याएर अगाडि बढ्न चाहन्छौं ।’

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं । पारपरिस्क लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’

शेयर गर्नुहोस :

0
Shares