बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शव लिएर परिवार उदयपुरको गाइघाट आइपुगेको छ । आज विहान सवा ८ बजे उनीहरु गाइघाट पूर्व लागेको जानकारी दिए । हिजो साँझ पाण्डेको शव नेपाल ल्याइएको थियो ।
निराकारको शवयात्रा आज शनिवार विहान ११ गर्ने परिवारले जनाएको छ । पाण्डेका बुबा अग्निले तोकिएको समयभित्रै आइपुग्ने जानकारी दिएका छन् । हामी घरबाट ११ बजे शव यात्रा गर्छौ, उनले भने ।
कम्बोडियाको एक होटलमा आगलागी हुँदा ज्यान बचाउन १२ तलाबाट हाम्फाल्ने क्रममा गत पुस १४ गते पाण्डेको मृत्यु भएको थियो ।







प्रतिक्रिया