बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शवयात्राको तयारी गरिएको छ ।

शवयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भइरहेका छन् । यतिबेला निराकारलाई हेर्न सिङ्गो बिर्तामोड कुरिरहेको छ ।
निराकारको शव लिएर परिवार बिर्तामोड आउने खबरपछी बिहानैदेखी उनको निवासमा भिडभाड लागेको छ । केही बेरमै शव बिर्तामोड ल्याइने बुझिएको छ। हिजो साँझ पाण्डेको शव नेपाल ल्याइएको थियो ।
कम्बोडियाको एक होटलमा आगलागी हुँदा ज्यान बचाउन १२ तलाबाट हाम्फाल्ने क्रममा गत पुस १४ गते पाण्डेको मृत्यु भएको थियो । उनको अन्त्येष्टि कनकाई माईमा गरिने परिवारले जनाएको छ ।







प्रतिक्रिया