Banner news

निराकारको शवयात्रामा देखियो जनसागर

निराकारको शवयात्रामा देखियो जनसागर


बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको आज अन्त्येष्टि गरिएको छ । कनकाई माईमा पाण्डेको अन्त्येष्टि गरिएको हो ।

गत पुस १४ गते उनको कम्बोडियास्थित एक होटलमा आगलागी हुँदा १२ तलबाट हाम्फाल्ने क्रममा उनको ज्यान गएको थियो । उनको शव शुक्रवार साँझ नेपाल ल्याइएको थियो । आज विहान बिर्तामोड–१ स्थित निवासबाट शवयात्रासहित कनकाई माईमा अन्त्येष्टि गरिएको छ ।

शवयात्रामा बिर्तामोडसहित जिल्लाका विभिन्न भागबाट आफन्त नातागोता, सामाजिक, राजनीतिक, शैक्षिक, व्यवसायिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शवयात्रामा जनसागर उत्रिएको थियो । शवयात्रामा सात किलोमिटरभन्दा धेरै शुभेच्छुकहरु सहभागी थिए ।

उनको पार्थिक शरिरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares