बिर्तामोड । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभाको शनिवारको बैठकमा भएको मतदानमा सत्ता गठबन्धनकी इन्दिराले १६६ मत पाएर उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत पाएकी छन् । उनलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो ।
नेपालको संसदीय इतिहासमा इन्दिरा १२औं उपसभामुख हुन् । उनी झापा अर्जुनधारा निवासी हुन् ।







प्रतिक्रिया