बिर्तामोड

उपसभामुख राना राजनीतिक जिम्मेवारीबाट अलग

उपसभामुख राना राजनीतिक जिम्मेवारीबाट अलग

प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर । तस्बिरः प्रदीपराज वन्त/रासस

बिर्तामोड । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गर्नुभएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको सपथ लिदै हुनुहुन्छ ।

शेयर गर्नुहोस :

0
Shares