बिर्तामोड । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको परिवारलाई समवेदना प्रकट गरेका छन् । आज पाण्डेको बिर्तामोडस्थित निवासमा पुगेर निराकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
भट्टराईसहित नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल, केन्द्रीय सल्लाहकार मनकुमार गौतम, जिल्ला अध्यक्ष दिपक कार्कीले घरमै पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
गत पुष १४ गते कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी पाण्डेको मृत्यु भएको थियो ।







प्रतिक्रिया