बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव –२०७९ आयोजना हुने स्थल सम्याउन सुरु भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म व्यापार महोत्सव आयोजना गर्न लागिएको उक्त महोत्सव हुने स्थल आजबाट सम्याउन सुरु भएको हो ।
बिर्तामोड–२ को रामचोकस्थित पूर्वपश्चिम राजमार्ग उत्तर क्षेत्रमा सम्पन्न हुने उक्त महोत्सवको तयारी तीब्र गति अघि बढिरहेको उद्योग वाणिज्य संघ बिर्तामोडका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।
महोत्सवमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उद्योगी व्यापारीहरुले स्टल राख्ने आयोजकको भनाई छ ।







प्रतिक्रिया