बिर्तामोड

बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुरु

बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुरु


बिर्तामोड । बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुक्रवारदेखि सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।

तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरेकी छन् । तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरुबाट ६० जना सहभागि छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने बताइन् । सहकारीलाई थप बलियो बनाउने विषयमा तालिम महत्वपूर्ण रहेकाले राम्रो सिक्न सहभागीहरुलाई उनले आग्रह गरिन् ।

तालिम उद्घाटन कार्यक्रममा बिराट बहुउदेश्य सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौला, सञ्चालक समिति सदस्य अर्जुन पाठकको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास शाखाकी संयोजक,कार्यपालिका सदस्य यामुना आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल र सूचना प्रविधि अधिकृत जयराम चौलागाईले प्रशिक्षण प्रदान गर्नेछन् । बिर्तामोड नगरपालिकाले सहकारीका विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरु प्रदान गर्दै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares