दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि दमक-४ मा निर्माण गरेको एकीकृत बस्ती । संस्थाले एक बिघा १८ कट्ठा जग्गामा ५७ पक्की घर निर्माण गरेको छ ।

कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा निर्माण भएको दुई तले पक्की घरको मूल्य रु ४३ लाखदेखि अधिकतम ५१ लाखसम्म रहेको र ती घर हस्तान्तरण गर्न थालिएको संस्थाले जनाएको छ । घर नभएका आफ्ना सदस्यलाई घरको मालिक बनाउने उद्देश्यले सुरु गरिएको यस परियोजनाको कुल लागत रु २५ करोड रहेको व्यवस्थापक खोमप्रसाद बगाले बताउनुहुन्छ । तस्बिर : यज्ञराज आङ्गदेम्बे-रासस







प्रतिक्रिया