बिर्तामोड । झापाको बिर्तामोडमा २२ वर्षीय युवा माधव झा आमरण अनसनमा बसेको आज पाँचौं दिन पुरा भएको छ । अनसनको पाँचौं दिन पुरा भइसक्दा पनि प्रशासनले चासो दिएको छैन ।
इलामका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेको भोलीपल्टबाट झापा आमरण अनसनमा बसेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनसन बसेको जानकारी दिएका छन् । प्रेम आचार्यले न्याय पाउनु पर्ने, बित्तीय संस्थाहरुको गैर जिम्मेवारीबाट आर्थिक छेत्रमा परेको नकारात्मक असर र त्यसबाट ब्यवसायीहरुलाई आइपरेको समस्याको समाधानका लागि झाले बिर्तामोडको मुक्तिचोकमा अनशनमा शुरु गरेका हुन् ।
अनसनको पाँचौ दिनमा आइपुग्दा झा को स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

यता, जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले आमरण अनसन बारे जानकारी नभएको बताए । प्रशासनलाई यस बारे जानकारी छैन, न्यौपानेले भने – सिडियो सावलाई जानकारी होला ।
मानव अधिकार एलाइन्स प्रदेश १ का सदस्य दिपक दासले आमरण अनसन बारे स्थानीय प्रशासनल चासो दिन जरुरी रहेको बताएका छन् । उनले अनसन बसेका युवाको माग सम्बोधन गर्न स्थानीय प्रशासनले राज्यलाई पहल गर्नुपर्ने बताए ।
आज बिर्तामोडमा क्रियाशिल युवाहरूको संस्था नयाँ चाहना समुहले एक बिज्ञप्ति प्रकाशित गर्दै माधव झाले सुरु गरेको अनशनलाई समर्थन गर्दै माघ १७ गते समर्थनमा मौन जुलुस गर्ने भएको छ । समूहका अध्यक्ष सुरज शेर्पाले सोही दिन बृहत उपस्थितमा समर्थनमा र्याली गरिने छ भने बैंक तथा बित्तीय संस्थाहरुको गलत क्रियाकलापको विरुद्धमा अभियान चालिने जानकारी दिए ।







प्रतिक्रिया