बिर्तामोड । झापा बिर्तामोड–२ का २१ वर्षीय राजिव बस्नेत अपरणमा परेको १० औं दिनमा अपहरणमुक्त भएका छन् । उनलाई आतंकवादी संगठन उल्फा अर्गनाइजेशनको सहयोगमा अपहरण गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बस्नेत माघ ५ गते अपहरणमा परेका थिए । उनलाई माघ १४ गते अपहरणमुक्त गरिएको छ ।
पुरोना व्यवसायिक कारोवारको लेनदेन विवाद भएपछि बस्नेतलाई अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । अपहरणमा ३ महिला र ६ पुरुषको संलग्ना रहेको थियो । त्यसमध्ये ६ जना नेपाली रहेका छन् । अपहरणको मुख्य योजनाकार झापा बुधबारेका राजकुमार भण्डारी रहेको खुलेको छ ।
बस्नेत परिवार र भण्डारीबिच सुनको कारोवार हुने गरेको थियो । केही वर्षअघि सुनको कारोवार गर्ने गरिएको सूचना प्राप्त भएको छ, कुँवरले भने – त्यसैको कारोवारको आधारमा यो घटना भएको हाम्रो निष्कर्ष छ । बस्नेतलाई अपहरण गरेर परिवारसँग ४० करोड भारु फिरौती मागेको बुझिएको छ । २ वर्षअघि पनि यस्तै, घटनाको माध्यमबाट १ करोड आदानप्रदान भएको थियो । पहिलेको कारोवारमा चित्त नबुझेपछि भण्डारीले फेरि पैसा लिन छोरालाई अपहरण गरेको प्रहरी स्रोत बताउँछ । अपहरणमा परेका युवाको उद्धार भइसकेको बिर्तामोड प्रहरीले जनाएको छ । अपहरणका लागि युवतीको प्रयोग गरिएको थियो । भण्डारी र शरद थापा मगरले बिर्तामोडकी प्रतिक्षा योङहाङलाई प्रयोग गरेर अपहरण गरेका थिए । योङहालले फुपुका २ छोरीलाई समेत प्रलोभनमा पारेर अपरण गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ । २५÷२५ लाख दिने र विदेश पठाइदिने प्रलोभनमा युवतीहरुको प्रयोग गरिएको थियो । प्रहरीले योङ्हाङलाई पक्राउ गरिसकेको छ । उनले प्रयोग गरेका २ युवती फरार रहेको प्रहरीको भनाई छ ।
अपहरणकारी विरुद्ध अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता भइसकेको बिर्तामोडका डिएसपी कुँवरले जानकारी दिए । उनले अपहरणमा परेका युवाको सकुशल उद्धार गर्न सफल हुनुलाई अहिलेका लागि ठुलो उपलब्धी भएको बताए ।







प्रतिक्रिया