Banner news

बिर्तामोडका एक सय ज्येष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान

बिर्तामोडका एक सय ज्येष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान


बिर्तामोड । बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच नगरले एक सय जनालाई व्लाङ्केट बितरण गरेको हो ।

सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारीस भएर आएका १०-१० जनालाई व्लाङ्केट वितरण गरिएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा व्लाङ्केट वितरण गरिएको बताएकी छन् । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उनले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरिन् ।

यस्तै नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले मापदण्डका आधारमा व्लाङ्केट बितरण गरेको बताए । यस शिर्षकमा यो वर्ष दुई लाख रुपैयाँ मात्रै बजेट रहेको कारण सबैलाई समेट्न गाह्रो भएको भन्दै उनले बाँकी रहेका विपन्न जेष्ठ नागरिकहरुलाई अर्को वर्ष वितरण गर्ने जानकारी दिए ।

नगरपालिकाले व्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकहरुलाई जनही दुई सय रुपैयाँका दरले भाडासमेत प्रदान गरिएको छ । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाअध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्की लगायत जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares