बिर्तामोड । श्रीमतिको हत्या गरी खाल्डोमा पुर्ने श्रीमान वर्ष ३३ का मनोज बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रीमति कल्पना पोखरेलको हत्या गरी खाल्डोमा पुर्ने बस्नेतलाई भर्खरै प्रहरीले नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।
अर्जुनधारा–८ मा डेरा गरी बस्ने बस्नेतले ४ दिनअघि श्रीमतिको हत्या गरेर नयाँ खसीहाट छेउ प्लटिङमा पुरेको स्वीकार गरेका छन् । दुवै जना उदयपुरको रामपुर गाउँपालिका ८ घर भई अर्जुनधारामा डेरा बस्दै आएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।







प्रतिक्रिया