झापा

उपप्रमुख संग्रौलाको मोटरसाईकल चोरी

उपप्रमुख संग्रौलाको मोटरसाईकल चोरी


बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको मोटरसाईकल चोरी भएको छ ।

उपप्रमुख संग्रौलाको प्रदेश ०२–०३–००८ प १७२७ नम्बरको टिभिएस कम्पनिको निलो रंगको निजी मोटरसाईकल शनिबार सांझ करीब ५ बजेर ३० मिनेटको समयमा भद्रपुर रोडमा पार्किंग गरि राखेको ठाउंबाट चोरी भएको हो ।

नगर उपप्रमुख संग्रौलाले आफुले प्रदिप फार्मेसी अगाडि पार्किंग गरेर उपहार बुक्स सेन्टरमा पुस्तक किन्न गएको समयमा मोटरसाईकल चोरी भएको बताउनु भयो ।उहांले पार्किंग गरेको २० मिनेट भित्रमा मोटरसाईकल चोरी भएको बताउनु भयो । उप प्रमुख संग्रौलाले सामाजिक सन्जाल फेसबुकमा समेत आफ्नो मोटरसाईकल हराएकोले भेट्नुहुने,देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाईदिन आग्रह गर्नु भएको छ ।

हराएको मोटरसाईकलको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगम बहादुर कुंवरले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

27
Shares