मुख्य समाचार

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको आज घोषणा हुने

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको आज घोषणा हुने


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ ।

आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको एकल उम्मेदवार परेको छ ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

शेयर गर्नुहोस :

0
Shares