बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमामा रहेको रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो ।
९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन.के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण प्रसाद खरेल अविरलले अगुगमन गरेका छन् ।
वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताएका छन् । उनले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताएका छन् ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आएका छन् । ठेकेदारको ढिला सुस्तीका कारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।







प्रतिक्रिया